संसद भवनमा विध्वंसः एमाले अखिलका स्ववियु सभापति रोकाको पहिचान खुल्यो

काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय तथा निजी सम्पत्तीमा आगजनी तथा तोडफोड गर्नेहरुको बिवरण नेपाल प्रहरीले संकलन गरिरहेको छ ।
प्रहरीले सार्वजनिक रुपमा आव्हान गर्दै पहिचान खुल्ने फोटा तथा भिडियोहरु भए पठाएर सहयोग गर्न समेत आग्रह गरेको छ ।
यसैक्रममा देश तथा विदेशमा रहेर जेनजी प्रदर्शनका क्रममा विध्वसं मच्चाउनेहरुका पहिचान खुल्दै जान थालेका छन् । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी संगठनका नेताहरु, सेलिब्रेटीहरु विध्वंसात्मक कार्यमा मुछिएको देखिन आएको छ ।
त्यसरी मुछिनेमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरु पनि देखिएका छन् ।
तत्कालिन अवस्थामा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरिरहेका थिए । तर उनकै दलको विद्यार्थी संगठन अनेरास्ववियु कमर्श क्याम्पसका स्ववियु सभापति भने जलिरहेकाे संसद भवन परिसरमा देखिएका थिए। उनी नेपाली प्रहरीले बोल्ने लौरो बाेकेर जलिरहेको संसद भवन अघिल्तिर कुर्सीमा बसेर फोटोशेसन गरिरहेको अवस्थामा देखिएका छन् । पछाडी संसद भवनमा लुटपाट सकिएपछि भएकाे आगजनीबाट जलिरहेकाे छ ।
अनेरास्ववियुका सभापति रोकाले २०८१ चैतमा भएको स्ववियु चुनावमा नेविसंघका रविन ओलीलाई हराएका थिए ।
जेनजी प्रदर्शनका नाममा विध्वंसकारी काम गर्नेलाई कारबाही गर्ने अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलेसमेत प्रतिवद्धता जनाएकी छन् ।
आक्रमण र तोडफोडको सिकार भएको संसद भवनबाट सामानहरु पनि चोरी भएका थिए । चोरिएका सामान फर्काइदिन संसद सचिवालयले अजै एक विज्ञप्तीमार्फत आव्हान पनि गरेको छ ।
जेनजीको भाद्र २३ गतेकै प्रदर्शनमा निशानामा परेको संसद भवन जोगाउने क्रममा बानेश्वरमा १७ जना युवाले ज्यान गुमाएका थिए ।
भोलिपल्ट २४ गते संसद भवनमा प्रदर्शनकारीहरु पसेल लुटपाट र आगजनी गर्दा ध्वस्त भएको छ ।
प्रतिकृया दिनुहोस