• २०८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025

जलेर ध्वस्त भएको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्।  उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् । 

शीवपुरीस्थित सैनिक ब्यारेकबाट फर्किए लगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आजैदेखि पार्टी काममा फर्किएका छन् । 

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । अहिले स्थिति सामान्य बन्न थालेसँगै उनी पार्टी काममा फर्किएका हुन् । 

आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।

हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर