हर्कले चर्काे आलाेचना गर्न थालेपछि बालेनले भनेः 'यू आर माई ट्रु लभ'

काठमाडौँ । जेनजीकाे आन्दाेलन र त्यसपछिका परिघटनाबारे धरानका मेयर हर्क साम्पाङले दर्जन बढी स्टाटस लेखिसके । जुन काठमाडौंका मेयर बालेन्द्र शाहसँग पनि लक्षित छन् ।
धरानका मेयर हर्क साम्पाङले उठाएका सवालको जवाफ मेयर बालेनले ठट्यौली पारामा फर्काएका छन् । जेन-जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए ।
त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका हुन् । उनले लेखेका छन्, 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.❤️'
प्रतिकृया दिनुहोस