च्याम्पियन्स लिग: रियल र आर्सनलको जित

एजेन्सी । च्याम्पियन्स लिगमा सर्वाधिक विजेता रियल मड्रिड, आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन्। टाेटनह्यमले भिलारियललाइ हराउँदा युभेन्टस र बाेरूसिया डर्टमुन्डले २–२ गाेलकाे बराबरी खेलेका छन् ।
रियलले गएरातिकाे खेलमा मार्सेल्लेलाइ पेनाल्टी गाेलकाे साहायताले हराएकाे छ । रियलका लागि दुवै गाेल फ्रान्सेली स्टार केलियन एम्बाप्पेले गरेका थिए । तर ती दुबै गाेल पेनाल्टी मार्फत गरिएका हुन् ।
आर्सनलले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ।
दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छिरेको ३६ सेकेन्डमै गोल गरे गर्दै टोलीलाई अग्रता दिलाए। उनले ७१ औं मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा गोल गरेका हुन्। ८६औं मिनेटमा ट्रोसार्डले गोल गरे।
२०१४–१५ पछि पहिलोपटक च्याम्पियन्स लिग खेलेको एथलेटिक क्लबले घरेलु मैदानमा आर्सनललाई दबाबमा राखे पनि गोल निकाल्न सकेन। उत्कृष्ट प्रदर्शन नभए पनि आर्सनलले ३ अंक र क्लिनसिटसहित आफ्नो अभियान सफलतापूर्वक सुरु गरेको छ।
अर्को खेलमा पिएसभी आफ्नै मैदानमा बेल्जियमको रोयाल युनियन एसजीसँग ३–१ पराजित भएको छ।
नवौं मिनेटमा प्रॉमिस डेभिडले पेनाल्टीबाट गोल गर्दै पाहुनालाई अग्रता दिलाए । ३९औं मिनेटमा अनोआर ऐत एल हाजले दोस्रो गोल थपे।
दोस्रो हाफमा पिएसभीले अवसर पाए पनि गोल गर्न सकेनव। उल्टो ६५औं मिनेटमा केभिन म्याक एल्लिस्टरले तेस्रो गोल गरे।
९०औं मिनेटमा रुबेन भान बोमेलले सान्त्वना गोल गरे पनि खेल ३-१ ले रोयालको पक्षमा टुङ्गियो। यो जितसँगै बेल्जियमको क्लबले बलियो सुरुवात गरेको छ भने पिएसभी दबाबमा परेको छ।
प्रतिकृया दिनुहोस