सेटल सन्डर्सविरुद्ध मायामीको जित, मेसीको गोल

काठमाडौं । अमेरिकन सकर लिगमा लियोनल मेसी नेतृत्वको इन्टर मायामीले जित हात पारेको छ ।
आज बिहान भएको सेटल सन्डर्सविरुद्धको खेलमा मायामीले ३–१ गोलको जित हात पारेको हो ।
मायामीको जितमा जोर्डी अल्वा, लियोनल मेसी र इयान फ्रेले एक एक गोल गरे ।
यो जितसँगै मायामी सकर लिगको ५औं स्थानमा उक्लिएको छ । मायामी भन्दा ३ खेल धेरै खेलेको फिलाडेल्फिया ५७ अंकसहित पहिलो स्थानमा छ ।
सिन्सीनेटी ५५ अंकसहित दोस्रो र चारलोट्टे ५३ अंकसहित तेस्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस