• २०८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025

जनमतमा रडाकाे: सीके राउत दाजुभाइलाई राजीनामा दिन अल्टिमेटम

काठमाडौँ । पार्टी भित्र विराेधिलाई सिध्याउन जथाभावी हत्कण्डा अपनाएकाे भन्दै जनमत पार्टीभित्र तिब्र असन्तुष्टि देखिएकाे छ।

शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।

पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका हुन् । 

‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के. राउत) ज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यू‌ले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा लेखिएको छ।

जनमतमा खानसहित काेषाध्यक्ष सचिवलगायत पदाधिकारी नै राउतसंग रुष्ट छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर