'जेन–जी आन्दोलन १४६ टुक्रा पारेर सुकिलामुकिला मन्त्री बने'

काठमाडाैं । विवादित मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंले जेन–जी आन्दोलनलाई १४६ टुक्रा पारेर सुकिलामुकिला मन्त्री भएको दाबी गरेका छन्। मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रसाईँले यस्तो दाबी गरेका हुन्।
‘अहिले सरकार बन्यो तपाईँले हेर्नुभयो? जेन–जी समूह अहिले १४६ टुक्रा भयो,’ प्रसाईंले भने, ‘आन्दोलन गर्दा खेरी गरिबका छोराछोरीहरू जग्गेमा चरु हालेजस्तो गरियो, बच्चा मारियो। तर मन्त्री हुन को गए?’
अहिले आन्दोलन ‘हाई ज्याक गरेर मन्त्री हुन सुकिलामुकिला मन्त्री बन्न गएको उनले बताए। ‘हाई ज्याक गरेर मन्त्री हुन को गए भन्दा खेरी सबै बारबरा फाउन्डेसन, समता फाउन्डेसन, के फाउन्डेसन गरेर तपाईँहरु पत्याउनुहुन्न। यस्ता सुकिलामुकिला, देशका पत्रकार, देशका डाक्टर, देशका इन्जिनियर, देशका पाइलट।’
विदेशीले यो आन्दोलनका क्रममा एक हजार मान्छे परिचालन गरेको आफूले अहिले थापा पाएको प्रसाईंले दाबी गरे।
प्रतिकृया दिनुहोस