• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

रातमा बत्ती बालेर पनि हुँदैछ तुइन खोला पहिरो पन्छाउने काम (भिडियाे)

काठमाडौं । तुइन खोलाको पहिरो बत्ती बालेर पन्छाइँदैछ। सडक डिभिजन कार्यालय भरतपुरले फ्लडलाइट बालेर पहिरो पन्छाउने काम भइरहेको जानकारी गराएको छ। 

मंगलबार साँझ झरेको पहिरो बुधबार बिहानैदेखि पन्छाउन थालिएको थियो। बिहीबार पनि दिनभर पहिरो हटाउने काम भइरहेको छ। यसअघि रातको समयमा काम बन्द गर्ने गरिएकोमा बिहीबार भने राति ७ बजेदेखि बत्ती बालेर काम गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ। 

यसअघि यही ठाउँमा गत शुक्रबार झरेको पहिरो करिब ४५ घण्टा लगाएर हटाएपछि आइतबार अपराह्न ४ बजेतिरबाट यातायात सञ्चालनमा ल्याइएको थियो। त्यसपछि पनि सानो पहिरो खसिरहँदा पहिरो हटाउँदै कहिले एकतर्फी, कहिले दुइतर्फी यातायात सञ्चालन हुँदै आएकोमा मंगलबार ठूलो पहिरो खसेपछि राजमार्ग पुनः ठप्प भएको थियो। 

नारायणघाट–मुग्लिन सडक ५० घण्टा अवरुद्ध हुँदा यात्रुहरू निकै समस्यामा परेका छन्। सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि चितवन प्रशासनले वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ भने अलपत्र परेका यात्रुहरूलाई बसको व्यवस्था गरेर उद्धार गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर