डोजर चलेपछि उजाड भयो सुकुमबासी बस्ती (फाेटाेफिचर)
काठमाडौं । काठमाडौं थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराईएको छ । सरकारले त्यहाँ बसिरहेका सुकुमबासीलाई अन्यत्र सारेर डोजर चलाएको हो । अहिले सो क्षेत्र खाली र उजाड देखिएको छ ।
पूर्वसूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्तीहरू हटाउने क्रममा डोजर प्रयोग गरिएको हो ।
.jpg)
बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
.jpg)
त्यहाँबाट उठाइएका विकल्पविहीन सुकुमवासीलाई प्रशासनले विवरण संकलनका लागि दशरथ रंगशालामा राख्ने तयारी गरेको छ । सरकारले वास्तविक सुकुमवासीका लागि नागार्जुनको इचङ्गुमा ४२ वटा व्यवस्थित आवास युनिटको व्यवस्था गरेको छ।
.jpg)
कीर्तिपुरस्थित महानगरको मातहतमा रहेको सत्सङ्गको ठूलो भवन र भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रलाई विकल्पका रूपमा अघि सारेको छ। यसैगरी भक्तपुरको खरीपाटी र चाँदबागमा रहेका सरकारी भवन तथा खाली जग्गालाई पनि पुनःस्थापनाका लागि प्रयोग गरिने भएको छ।
.jpg)
.jpg)







प्रतिकृया दिनुहोस