• २०८३ श्रावण ३० शनिबार
  • Saturday, 15 August, 2026

मनोहरा किनारका सुकुम्बासी बस्ती भत्काएपछिका दृष्यहरु (फोटोफिचर)

काठमाडौं । भक्तपुर र काठमाडाैंकाे सीमाना मनोहरा खाेलास्थित सुकुम्बासी बस्तीमा आइतबार डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बस्तीमा कारबाही गरेको हो ।

बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्ना छाप्रा तथा बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।

आफ्नो बसोबास खोसिएपछि उनीहरू घरायसी सामानहरू बटुलेर ट्रकमा लोड गर्दै सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र सुरक्षाकर्मीहरू पूर्ण तयारीसहित तैनाथ छन् । 

डोजरको प्रयोग र सुरक्षा निकायको बाक्लो उपस्थितिका कारण सो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर