मिडिया हाउसका गेटैमा कसले रोक्यो शंकास्पद गाडी ?
काठमाडौं । गणेश नेपालीको आत्मदाह प्रकरण लगायतका विषयमा मिडियाले आलाेचनात्मक काेणबाट समाचारहरु संप्रेशण गरेकै कारण केही मिडियाहरु निशानामा परेका छन् ।
आज बिहानै विभिन्न मिडिया हाउसका अघि शंकास्पद गाडी रोकिएका छन् । यी गाडी कसका हुन् र किन राेकिएकाे भन्नेबारे अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । ट्राफिक प्रहरीले ह्यील लक लगाउन भने अस्वीकार गरेकाे छ ।
कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालयन टिभीकाे अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको हाे।
प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको हो। जसका कारण आवागमनमा अवराेध पुगेकाे छ । माेटरसाइकलहरु आवागमन गर्न मिल्ने तर गाडी प्रवेशमा अवराेध देखिएकाे कान्तिपुरका एक पत्रकारले बताए ।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ।
टेलिभिजनको गाडी भित्र-बाहिर गर्न सकिएको छैन। रिपोर्टिङमा जान पत्रकारहरू रोकिएका छन्।
अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ। झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ।
तीन वटै गाडी निजी नम्बर प्लेटका छन्। गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलिसकेको छैन।
अन्नपूर्ण पाेष्ट, नागरिक, सेताेपाटी, राताेपाटी लगायत अन्य मिडियामा भने अवराेध गरिएकाे छैन ।







प्रतिकृया दिनुहोस