• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

नयाँ प्रविधि र अनुभवी नेतृत्वसहित इम्पेरियल इन्जिनियरिङ कलेजमा भर्ना सुरु

काठमाडाैं । भक्तपुरको ताथलीस्थित इम्पेरियल इन्जिनियरिङ कलेजले नयाँ शैक्षिक नेतृत्व, अत्याधुनिक प्रविधि र सुधारिएको पूर्वाधारसहित शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ।

त्रिभुवन विश्वविद्यालय (TU) बाट सम्बन्धन प्राप्त कलेजले यस वर्ष बीई सिभिल इन्जिनियरिङ (९६ सिट), बीई कम्प्युटर इन्जिनियरिङ (४८ सिट) र बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ (४८ सिट) मा विद्यार्थी भर्ना खुलाएको जनाएको छ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) इन्जिनियर डा. खेमराज जोशीका अनुसार इम्पेरियलले नेपालमा इन्जिनियरिङ शिक्षालाई आधुनिक बनाउने उद्देश्यका साथ डिजिटल ट्विन (Digital Twin) लगायतका नवीनतम प्रविधि शिक्षण प्रणालीमा समावेश गरेको छ। यसका लागि आवश्यक प्रयोगशाला, प्रविधिमैत्री पूर्वाधार तथा आधुनिक सिकाइ वातावरण विकास गरिएको उनले बताए।

यसै शैक्षिक सत्रदेखि कलेजले काठमाडौं उपत्यकाभर यातायात सेवा, छात्र तथा छात्राका लागि होस्टल सुविधा, साथै फुटसलसहित खेलकुद पूर्वाधारमा उल्लेखनीय लगानी गरेको छ। विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई ध्यानमा राख्दै शैक्षिक र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिइएको कलेजले जनाएको छ।

शैक्षिक गुणस्तर सुदृढ गर्न कलेजले अनुभवी नेतृत्वलाई पनि भित्र्याएको छ। युनिग्लोब कलेजका पूर्व प्रिन्सिपल अशोक चौधरीलाईसमेत भित्र्याएकाे छ भने नेपाल इन्जिनियरिङ परिषद्का पूर्व रजिस्ट्रार इन्जिनियर डा. खेमराज जोशीले सीईओको जिम्मेवारी सम्हालिरहेका छन्।

कलेजका अनुसार विगत दुई वर्षदेखि नयाँ शैक्षिक टोली निर्माण, पाठ्यक्रम सुधार, आधुनिक प्रयोगशाला, डिजिटल प्रविधि तथा अन्तर्राष्ट्रिय स्तरको सिकाइ वातावरण तयार पार्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको थियो।

सोही तयारीको परिणामस्वरूप यस वर्षदेखि विद्यार्थीलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा, उद्योगसँग जोडिएको व्यावहारिक सिकाइ तथा भविष्यका प्रविधिमैत्री इन्जिनियर उत्पादन गर्ने लक्ष्यसहित नयाँ अध्याय सुरु गरिएको प्रिन्सिपल दिपेन्द्र जमकट्टेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर