इम्पेरियल कलेजले ल्यायो इन्जिनियर अध्ययनमा बिशेष छात्रवृत्ति
- भक्तपुर र काभ्रे जील्ला सहित मधेश , सुदुरपश्चिम र कर्णालीका बिध्यार्थी लाभान्वित हुने !
भक्तपुर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज इम्पेरियल इन्जिनियरिङ कलेजले नयाँ विद्यार्थीका लागि आकर्षक कार्यक्रम अघि सारेकाे छ ।
कलेजमा भर्ना अभियान चलिरहेका बेला प्रशासनले कलेज अवस्थित रहेको भक्तपुरसहित काभ्रे जिल्लाका बिध्यार्थीलाई भर्नामा बिशेष छुटको कार्यक्रम ल्याएको जनाएकाे छ ।
बुधबार बसेको भर्ना कमिटिको बैठकले यस्तो निर्णय गरेको कलेजका 'चिफ एकाडेमिक अफिसर' अशोक चौधरीले जानकारी दिए।
भक्तपुरको ताथलीमा रहेको यस कलेजले पठनपाठनलाई प्रबिधिमैत्रि बनाउने शिलशिलामा यस शैक्षिक सत्रबाट पूर्णतया स्मार्ट बोर्डबाट पठनपाठन गर्ने, AI लगायत पछिल्ला प्रबिधिसँग अध्ययन अध्यापनलाई जोड्ने र सिभिल कम्यूटर सहितका इन्जिनियरिङ क्षेत्रमा भएका पछिल्ला प्रबिधि पछ्याउँदै ,अध्ययनलाई अघि बढाउने गरि तयारि गरेको चौधरीले बताए ।
स्पोर्टस र एकाडेमीक फ्याकल्टी पुनर्संरचना र पुन:निर्मणमा आक्रामक सुधार गरिरहेको जनाउँदै यस कलेजले सुदुरपश्चिमसहित मधेश र कर्णाली प्रदेशका विपन्न बिध्यार्थीलाई समेटेर बिषेश छात्रबृति योजना केहिदिनभित्रै सार्वजनिक गर्ने जनाएको छ ।






प्रतिकृया दिनुहोस