• २०८३ श्रावण २४ आइतबार
  • Sunday, 9 August, 2026

सरकारले लय बिगारे पार्टीले हस्तक्षेप गर्ने रविकाे चेतावनी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारले काम नगरे दलले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार लामिछानले सरकार लिकबाट बाहिर गए पुन: लिकमा ल्याउने बताए। 

'सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ', लामिछानेले भने, 'बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ।'

उनले जहाज बादलमा छिर्दा टर्बुलेन्स महसुस हुने भए पनि दुर्घटनाको डर मान्नुपर्ने अवस्था नरहेको बताए। 

'सुनिन्छ, कहिलेकाहीँ गडबड भयो कि, केही बिग्रियो कि! अलिकति राजनीतिक रूपमा अफ्ठ्यारो पर्‍यो कि, झगडा पो पर्‍यो कि भन्ने हल्ला आउँछ। त्यो हल्लालाई तपाईंहरूले 'स्याक्स'को रुपमा ग्रहण गर्नुहोला। त्योभन्दा बढी 'भ्यालु' केही छैन', लामिछानले भने, 'लिकबाट बाहिर गयो भने पुन: लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। मैले पहिला नै भनेजस्तो अलिकति टर्बुलेन्स आइरहन्छन्। बाटोमा कहिलेकाहीँ बादलको टुक्रामा जहाज छिर्दा हल्लिन्छ तर जहाज हल्लियो भन्दैमा दुर्घटनामा पर्ने भयो कि, खसिने भयो कि भनेर डर मान्नु पर्दैन।'

लामिछानले प्रतिपक्षी दलहरूले अहिले जनतालाई अत्याइरहेको बताए। 

'प्रतिपक्षी दलहरूले 'यस्तो ताल छ' भनेर तपाईंहरूलाई अत्याउन सक्छन्', लामिछालने भने, 'राजनीति सधैंभरि गरौँला, पुस्तौँ पुस्तासम्म गरौँला र जीवनभरि राजनीति गरौँला भन्ने कोही पनि छैन। हामी आफ्नो पालामा आफ्नो अवधिभर इमान्दारिताका साथ काम गर्छौ‌। जग खन्ने बेला भएकाले स्ट्रकचर आउन गाह्रो छ। आत्तिनुपर्ने तर्सनुपर्ने केही छैन।'

उनले प्रधानन्त्री बालेन शाहको नाम नलिइकन एक व्यक्तिले अर्को व्यक्तिलाई गरेको वाचा नभएर इतिहाससँग वाचा गरेको टिप्पणी गरे।  

'हामीले एक मान्छेले अर्को मान्छेलाई वाचा गरेको होइन। हामीले एकले अर्कालाई होइन इतिहासलाई, आउने पुस्तासँग वाचा गरेको हो', लामिछानेले भने, 'आफ्नो वाचा आफ्नो प्रतिबद्धताबाट पछि हट्ने भाग्ने छुट हामी कसैलाई पनि छैन।'

उनले सरकारलाई लक्ष्यभन्दा बाहिर जान नदिने पनि बताए। साथै सरकारले अहिले त्योभन्दा बाहिर नरहेको पनि टिप्पणी गरे। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर