• २०८३ श्रावण २४ आइतबार
  • Sunday, 9 August, 2026

देउवा पक्षलाई गगनको चेतावनीः म तर्साएर तर्सिन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताएका छन् । तर, अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रष्ट पारेका छन् ।

केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए । उनले १५ औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि के गर्नुपर्ने हो त्यो गर्न समेत तयार रहेको उनले बताए ।

थापाले भने-तर एउटा कुरा के प्रष्ट पार्छु भने,म तर्साएर तर्सिन्नँ,दबाएर दबिन्नँ र फकाएर फकिन्नँ । यो पार्टीमा ४ पुस्ताको सहभागिता छ,सबैलाई समेटेर लैजानुछ ।

सभापति थापाले गत चुनावमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता कार्यकर्ताले रुखमा मत नहालेको भन्दै यो विषय नोटिसमा रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर