नेपाली टिमबाट ६ खेलाडी आउट, ४ खेलाडी इन, कप्तान सन्दीप
काठमाडौं । नेपालले सेप्टेम्बर १ बाट मलेसियामा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि टोलीमा ठूलो परिवर्तन गरेको छ ।
एसिया कपको छनोटको आधार रहेको प्रिमियर कपका लागि क्यानले सोमबार चयन गरेको १४ सदस्यीय नेपाली टोलीमा पछिल्लो भ्रमणमा गएको टोलीबाट ६ खेलाडीले स्थान गुमाएका छन् भने नयाँ ४ खेलाडीले स्थान बनाएका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा छनोट भएको १४ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा छन् ।
नेदरल्यान्ड्स भ्रमण गएको १६ सदस्यीय टोलीबाट कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, नन्दन यादवलाई प्रिमियर कपमा राखिएको छैन । देव, बसिर, शेर, जोराले नेपाली टोलीमा पुनरागमन गरेका हुन् ।
प्रिमियर कपमा नेपालले समूह चरणमा बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङको सामना गर्नेछ ।





2026-08-08-06-41-03.jpeg)

प्रतिकृया दिनुहोस