• २०८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026

जनआस्थाका सम्पदक पक्राउपछि कार्यालयमा छापा

काठमाडौं । रास्वपा नेतृत्वको सरकार सार्वजनिक संचारमाध्यमप्रति असहिष्णु भएको टिप्पणी भइरहेका बेला जनआस्था साप्ताहिकका सम्पादक पक्राउपछि कार्यालयमा छापा पनि मागरेको छ ।

छापा मारेर नेपाल प्रहरीले पत्रिकाका कम्प्युटर लगायतका सामाग्री लगेको छ । 

बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो।

परिसर प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार त्यहाँबाट प्रहरीले कम्युटर,मोबाइल र अरू उपकरण संकलन गरेको छ।

केही संख्यामा आएका प्रहरीले कार्यालय भित्र प्रवेश गरी सिपियू र कागजपत्र लिएर गएको जनआस्थाकै एक पत्रकारले जानकारी दिए। 

जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई बुधबार बेलुकी नख्खुबाट प्रहरीले पक्राउ गरेको थियो।

वैयक्तिक गोपनीयता भंग गरिएको भनेर उपसभामुख रुवी कुमारीले उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर