संसदमा एमाले दल नेता बादलको उत्तेजक भाषणः 'आर्मी, अल्गोरिदम र अमेरिकाकाे भरमा बालेन सरकार'
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संघीय संसदकाे प्रतिनिधि सभामा फेरि एक पटक उत्तेजक अभिव्यक्ति दिएका छन् । नेपाली सेनाबारे यस अघि पनि कडा टिप्पणी गरेकाे उनले अहिलेको सरकारको शक्तिको स्रोत तीन ‘ए’का रुपमा ब्याख्याका गरे ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता बादलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको शक्तिको स्रोत तीन ‘ए’ भएको ब्याख्या गरेका हुन्। ‘यो सरकारको शक्तिको स्रोत तीन ए अर्थात आर्मी, अल्गोरिदम र अमेरिका हो,’ बादलले भने।
यी शक्तिबाट सरकारको नेतृत्वमा आए पनि पछिल्ला ‘जनविरोधी’ कामले प्रधानमन्त्री शाहको शक्ति क्षय हुँदै गएको उनको भनाइ थियो।
‘अब पपुलिज्मको नशा, अल्गोरिदमको जादू, अपर्चुनिज्मको भ्रम र तीन ए को शक्ति क्रमशः क्षिण हुँदै गएको छ,’ बादलले भने।
शक्ति क्षण हुँदै गएकाले प्रधानमन्त्री शाहले एक्लो महसूस गरिरहेको उल्लेख गरेका छन्। ‘यो सरकारको मुखियाले आफू नितान्त एक्लो भएको छटपटी महसूस गरिरहेको छ,’ उनले भने।






प्रतिकृया दिनुहोस