सात खेलमा बार्सिलाेनाकाे सातै जित
काठमाडौँ । साविक विजेता बार्सिलाेनाले स्पेनिस लिगमा आकर्षक खेलकाे निरन्तरता जारी राखेकाे छ । गएराति राफिन्हाको शानदार ह्याट्रिकमा बार्सिलानाले स्पेनी ला लिगामा सेभियालाई ३–१ ले हराउँदै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ ।
यो नतिजापछि हान्सी फ्लिकको बार्सिलोनाले रियल म्याड्रिडमाथि छ अंकको अग्रता खोलेको छ ।
बार्सिलोनाको सात खेलबाट २१ अंक भएको छ । रियलले आइतबारको खेलमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ ।
सेभिया भने १३ अंकमा पाँचौं स्थानमा छ । उसले १९ औं मिनेटमा योसुफ फोफानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
लयमा रहेको ब्राजिली खेलाडी राफिन्हाले २२, ५२ र ६९ औं मिनेटमा गोल गरे र आफ्नो जित निश्चित गरे । यो सिजन लिगमा उनले गरेको गोल संख्या १२ पुगेको छ र यो उनको लगातार दोस्रो ह्याट्रिक हाे ।







प्रतिकृया दिनुहोस