• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ । विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् । असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रालयले गत असार ३१ गते उक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार प्रवर्द्धनका लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायको समग्र नियमन गर्ने गर्दछ । विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तय गरी मन्त्रालयलाई सिफारिस गर्ने, सञ्चारमाध्यमबाट प्रसारण हुने विज्ञापनको मापदण्ड र आचारसंहिता तयार गर्ने तथा राष्ट्रिय र सार्वजनिक हितसम्बन्धी विज्ञापन निर्माणमा प्रोत्साहन गर्ने जिम्मेवारी बोर्डलाई तोकिएको छ ।

त्यसैगरी, भ्रामक, अमर्यादित, उत्तेजना फैलाउने वा भेदभावजन्य विज्ञापन भए/नभएको अनुगमन गर्ने र विदेशी च्यानलबाट मापदण्डविपरीत विज्ञापन प्रसारण भएमा कारबाहीका लागि सिफारिस गर्ने मुख्य दायित्व पनि बोर्डकै हो ।

बोर्डले सरकार, विज्ञापन एजेन्सी, विज्ञापनदाता र सञ्चारमाध्यमबीच समन्वय गर्नुका साथै विज्ञापन व्यवसायीको क्षमता विकास, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन र विज्ञापन क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्नेलगायतका काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर