आज रातिकाे माैसम पूर्वानुमानः कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
अनि मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीसमेत आउने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसबाहेक आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
यस्तै मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।







प्रतिकृया दिनुहोस