३९ खेलमा अपराजित स्पेनले इंग्ल्यान्डलाई हरायाे
काठमाडौँ । विश्व च्याम्पियन स्पेनले शनिबार उत्कृष्ट पुनरागमन रच्दै इंग्ल्यान्डलाई ३–२ गाेलले हराएको छ ।
वेम्बलीमा भएको यूईएफए नेसन्स लिगको खेलमा प्राप्त जितपछि लुइस डे ला फुन्टेको स्पेनले आफ्नो अपराजित यात्रालाई ३९ खेल पुर्याएको छ ।युरोपेली फुटबलमा कुनै टिमको यो कीर्तिमानी अपराजित यात्रा हो ।
लामिन यामलको गोलमा स्पेनले सुरुमै अग्रता लिएपछि इंग्ल्यान्डका लागि एन्थोनी गोर्डन र ह्यारी केनले गोल गरेका थिए । त्यसपछि स्पेनका लागि एलेक्स बाएना र मिखेल ओयारजाबलले गोल गरे ।
अन्य खेलमा क्रोएसियाले चेक गणतन्त्रलाई २–१ ले हरायो भने स्विटजरल्यान्डले उत्तरी मेसेडोनियालाई ३–० ले पराजित गर्यो ।







प्रतिकृया दिनुहोस