• २०८३ असोज २१ बुधबार
  • Wednesday, 7 October, 2026

बेल्जियममाथि फ्रान्सकाे ४ गाेल

काठमाडौँ । फ्रान्सले यूईएफ नेसन्स लिगमा सोमबार बेल्जियमलाई ४–१ ले हराएको छ ।  बेल्जियमले डोडी लुकेबाकिओको गोलले अग्रता लिएको थियो ।

तर जिनेदिन जिदानको नेतृत्वमा रहेकाे आक्रामक फ्रान्सले त्यसपछि चार गोल गरेको थियो । त्यसमा डेजिरे डुएले बराबरी गोल गरे भने रायन सेर्कीले फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि माइकल ओलिसले दुई गोल थपे ।

प्रशिक्षक रोबर्टो मानचिनीको नेतृत्वमा खेलिरहेको इटालीले भने टर्कीलाई ३–१ हरायो । पछिल्ला तीन विश्वकपमा छनोट हुन असफल इटाली अहिले पुरानो छवि फर्काउन संघर्षरत छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर