कांग्रेस महामन्त्रीका २ पदमा ८ जनाको भिडन्त, को को हुन्?
काठमाडौं । काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय तथा महिलातर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस विधानअनुसार खुलातर्फ २ र महिलातर्फ १ जना निर्वाचित हुने व्यवस्था छ ।
मनोनयन दर्ता मंगलबार दिउँसो १२ बजेदेखि साँझसम्म चलेको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ।







प्रतिकृया दिनुहोस