कांग्रेस महाधिवेशन : मतदान १ बजेपछिका लागि सर्यो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज हुने मतदानको समय फेरि सरेको छ। दिउँसो १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। त्यसपछि भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय तीन घण्टा सारेर बिहान १० बजे पुर्याइएको थियो।
तर निर्धारित समयमा पनि मतदान सुरु हुन नसकेपछि पुनः दिउँसो १ बजेको समय तोकिएको हो।
महाधिवेशनमा सहभागी सात हजार २५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।
नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका विभिन्न पदमा उम्मेदवार रहेका नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ।







प्रतिकृया दिनुहोस