• २०८३ असोज २२ बिहीबार
  • Thursday, 8 October, 2026

राजावादी अभियान्ता दुर्गा प्रसाईंले खोले दल

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । उनको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता गरिएको हो ।

प्रसाईंले नागरिक बचाउ महाअभियानको नेतृत्व लामो समयदेखि गरिरहेका थिए । गत फागुनमा भएको निर्वाचन अगाडि उक्त महाअभियानलाई ‘नागरिक बचाउ दल’ नामाकरण गरेर निर्वाचन आयोगमा दर्ता गरिएको थियो । त्यसबेला सो दलका अध्यक्षमा माधवप्रसाद खतिवडा थिए ।

अहिले सोही नागरिक बचाउ दलको नाम संशवधन गरेर नेपाल पथ दल राखिएको खतिवडाले नेपाल प्रेसलाई बताए । उनका अनुसार नाम संशोधन भएर प्रमाणपत्र पनि प्राप्त भइसकेको छ ।

यसअघि दुर्गा प्रसाईले राप्रपाबाट निस्किएका डा। धवलशम्शेर राणासँग सहकार्यको तयारी गरेका थिए । उनीहरुले मिलेर जय नेपाल पार्टी गठन गर्ने घोषणा गरे पनि केही विषयमा कुरा नमिलेपछि अन्तिममा प्रसाईं निस्किए ।

अहिले जय नेपाल दल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । तर, दुर्गा प्रसाईंले भने नयाँ दलको प्रमाणपत्र लिइसकेका छन् । चुनाव चिन्ह परिवारसहितको घर लिइएको छ ।

यस दलमा ३५१ जनाको केन्द्रीय समिति रहेको छ । प्रसाईंबाहेक अरु पदाधिकारी चयन भएका छैनन् । धवलशम्शेरको जय नेपाल पार्टीसँग एकीकरणको सम्भावनालाई खतिवडाले इन्कार गरे ।

उनले भने, ‘हाम्रो दल दर्ता भइसक्यो । उहाँहरुको अझै भएको छैन । हाम्रो पार्टीमा आउन चाहनुहुन्छ भने स्वागत गर्छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर