• २०८३ असोज २४ शनिबार
  • Saturday, 10 October, 2026

९४ प्रतिशत मत ल्याउँदै कांग्रेस सभापतिमा गगन थापा विजयी

काठमाडौं । देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । 

उनले ६ हजार ५ सय ८४ मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले  ३ सय ७५ मत पाए । 

कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ । 

कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। 

खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

सभापतिमा उम्म्दवारी घाेषणा गरेका किशाेरसिंह राठाेरले अन्तिम समयमा फिर्ता लिदै थापालाई नै सघाउने घाेषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर