• २०८३ कार्तिक ११ मंगलबार
  • Tuesday, 27 October, 2026

बेलायती ह्यारी केनले जिते यस वर्षको बालोन डिओर

काठमाडौं । बेलायती ह्यारी केनले सोमबार बालोन डिओर अवार्ड जितेका छन् र यसक्रममा उनी यस अवार्ड जित्ने २५ वर्षयताका पहिलो इंग्लिस खेलाडी भएका छन् । लामिने यामल र किलियन एमबापेले तेर्साएको कडा चुनौतीलाई पन्छाएर उनी विजेता घोषित भएका हुन् ।

महिलातर्फ लगातार तेस्रो पल्ट स्पेनकी एलेक्सिया पुटेलास विजेना बनिन् । गत सिजन महिलाको युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको बलियो प्रदर्शनका कारण उनी विजेता बनेकी हुन् । लन्डनमा आयोजित कार्यक्रममा लामिन यमाल युवा वर्ष खेलाडी बने । 

यस वर्षकाे प्रशिक्षककाे उपाधि भने स्पेनिस राष्ट्रिय टिमका प्रशिक्षक लुइस डेला फुन्टेले जिते । 

बायर्न म्युनिकका ३३ वर्षीय फरवार्डले गत सिजन आफ्नो देश र क्लबका लागि गरेर ६५ खेलमा अविश्वसनीय ७३ गोल गरेका थिए । यसक्रममा बायर्नले घरेलु लिग र कप दुवै जितेको थियो । विश्वकप २०२६ मा भने इंग्ल्यान्ड तेस्रो रह्यो र त्यसमा उनले छ गोल गरेका थिए ।

अवार्ड जितेपछि केनले भने, ‘बायर्न म्युनिकका साथी खेलाडी विना यो अवार्ड सम्भव थिएन् । उनीहरूले मलाई जहिल्यै राम्रो खेल्ने प्रेरित गरे । त्यसैले धेरै धन्यवाद ।’

उत्कृष्ट १०काे सूचीः
वरीयता (Rank)    खेलाडी (Player)    क्लब (Club) / देश (Country)
१ (Winner)    ह्यारी केन (Harry Kane)    बायर्न म्युनिख / इङ्गल्याण्ड
२    किलियन एम्बाप्पे (Kylian Mbappé)    रियल म्याड्रिड / फ्रान्स
३    लामिन यमाल (Lamine Yamal)    बार्सिलोना / स्पेन
४    रोड्री (Rodri)    बार्सिलोना / स्पेन
५    लियोनेल मेस्सी (Lionel Messi)    इन्टर मियामी / अर्जेन्टिना
६    खिचा कभारात्सेलिया (Khvicha Kvaratskhelia)    पेरिस सेन्ट जर्मेन / जोर्जिया
७    उसमान डेम्बेले (Ousmane Dembélé)    पेरिस सेन्ट जर्मेन / फ्रान्स
८    अर्लिङ हालान्ड (Erling Haaland)    म्यानचेस्टर सिटी / नर्वे
९    माइकल ओलिसे (Michael Olise)    बायर्न म्युनिख / फ्रान्स
१०    फाबियन रुइज (Fabián Ruiz)    पेरिस सेन्ट जर्मेन / स्पेन
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर