जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु गोर्खाज
काठमाडाैं। जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् । दिनको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ ।
काठमान्डु गोर्खाजको प्रतियोगितामा यो पहिलो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । गत सिजन काठमान्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो सिजनमा च्याम्पियन बन्दा जनकपुरले काठमान्डुलाई पराजित गरेको थियो ।
अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा जनकपुरमा त्रितराज दास, मयन यादव, अनिल साह, आदित्य महता, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव, मोइन अली, जिम्मी निसम, कुशल परेरालगायतका खेलाडी रहेका छन् ।
करण केसीको कप्तानीमा उत्रिन लागेको काठमान्डुमा भीम सार्की, सन्तोष यादव, राशिद खान, आदिल आलम अन्सारी, शाहब आलम, दयानन्द मण्डल, साहिल पटेल, अमेरिकाका स्मित पटेल, साम हेजलेट, सहज अराचिगे, डेभिड वार्नर, विल बोसिस्टोलगायतका खेलाडी छन् ।
अराचिगे श्रीलंकाको राष्ट्रिय टोलीमा आबद्ध रहेका कारण पहिलो खेलमा उपलब्ध नहुने बताइएको छ भने वार्नर नेपाल अझै आइपुगिसकेका छैनन् ।






प्रतिकृया दिनुहोस