छिटपुट वर्षापछि काठमाडौंमा चिसो बढ्यो
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहीबार छिटपुट वर्षा भएको छ। दिउँसोपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भेगमा हल्का वर्षा भएको हो।
वर्षासँगै उपत्यकामा तापक्रम घटेर चिसो महसुस गरिएको छ भने धुलो र वायु प्रदूषणमा केही कमी आएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम बदली भई छिटपुट वर्षा भएको हो।
महाशाखाले आज राति पनि उपत्यकासहित पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।







प्रतिकृया दिनुहोस