• २०८३ कार्तिक २४ मंगलबार
  • Tuesday, 10 November, 2026

इरान युद्धबारे ट्रम्पले सी र पुटिनसँग वार्ता गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता आयोजना हुने एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने अपेक्षा व्यक्त गरेका छन् । 

उक्त भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्। यद्यपि, इरानविरुद्ध अमेरिकाले लगाएको जल तथा स्थल नाकाबन्दी कायम रहेको उनले बताए ।  वार्तामा प्रगति भएमा यी विषयहरु पनि समाधान हुँदै जाने उनले बताए ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले भने अमेरिकी आक्रमण पुनः सुरु भए कडा जबाफी कारबाही गर्ने चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग सञ्चालनका लागि तेहरानले अघि सारेको दुई दिने प्रस्ताव स्वीकार गर्न वासिङ्टनलाई आग्रह गरेका छन्। 

यसैबीच, उत्तरी इराकको कुर्दिस क्षेत्रस्थित खोर मोर ग्यास सुविधामा ड्रोन आक्रमण भई भीषण आगलागी भएपछि सो क्षेत्रमा ठूलो ऊर्जा सङ्कट उत्पन्न भएको छ। आक्रमणका कारण उक्त क्षेत्रको ७० प्रतिशतभन्दा बढी भूभाग विद्युत्विहीन बनेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर