विराटनगरविरुद्ध पाेखराले राेज्याे पहिला ब्याटिङ
काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पोखरा एभेन्जर्सले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विवेक रानामगरको स्थानमा सागर ढकाल र माहेदी हसनको स्थानमा श्रीलंकाली अलराउन्डर रमेश मेन्डिसलाई खेलाएको छ ।
विराटनगर किंग्सले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । टोलीले अघिल्लो खेल खेलेको टोलीबाट नारायण जोशीको स्थानमा प्रतिश जिसी तथा एन्ड्रे रसेल र शुभम रन्जनेको स्थानमा चारिथ असलंका र इसुरु उडानालाई खेलाएको छ । रसेल पहिलो ५ खेल खेलेर फर्किसकेका छन् ।
प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । विराटनगर ५ खेलमा २ जित र ३ हारसहित ४ अंकसहित छैटौं र पोखरा ५ खेलमा १ जितसहित २ अंकका साथ आठौं स्थानमा छ । पहिलो चार खेलमा पराजित पोखराले अघिल्लो खेलमा कर्णाली याक्सलाई स्तब्ध पारेको थियो ।




2026-11-12-02-29-51.jpeg)

प्रतिकृया दिनुहोस