रास्वपालाई वर्षमानका १५ प्रश्नः रवि र बालेनसँग जवाफ छ ?
जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी 'नेकपा'का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ दल रास्वपा र सरकारप्रति १५ प्रश्न गर्दै उत्तर दिन चेतावनी दिएका छन् । बिहीबार राैतहटकाे गरुढामा आयाेजित राष्ट्रिय जगरण अभियान अन्तर्गत अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै उनले नेपाली राजनीतिमा नयाँ भनिएकाहरुले नयाँ बिचाैलिया जन्माएकाे दाबी गरे ।
रास्वपा भित्र देखिएकाे शक्तिसंघर्षकाे चपेटामा राज्यका निकायहरु परेकाे टिप्पणी गरेका पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले देशकाे समग्र अवस्था हिजाेकाे भन्दा कमजाेर र भ्रष्ट बनेकाे बताए ।
बिचाैलिया इनम सापकाेटाहरुकाे जन्म हुनु, न्यायलय भित्र तिब्र विकृती र गुटबन्दी देखिनु, प्रहरी संगठनलाई भताभुङ्ग बनाउनु राज्यकाे चाैथाे अंग मानिएकाे संचार क्षेत्रमा हमला गर्नु रास्वपा भित्रकै अन्तरसंघर्ष र सरकारकाे कुशासनकाे परिणाम भएकाे नेता पुनकाे निचाेड थियाे ।
मधेशका नेता कार्यकर्तालाई सरकारकाे यस्ताे रबैयाकाे बिराेध गर्न निर्देशन र प्रशिक्षण दिदै नेता पुनले रास्वपा र सरकारप्रति प्रश्नैप्रश्न गरे ।
उनले भने, 'हिजाे रास्वपाले प्रश्न गर्दा हामी जवाफ दिने ठाउँमा थियाैं, आज हाम्रा प्रश्नकाे जवाफ रास्वपा र याे सरकारले दिनुपर्छ । किसानहरुले खेती गर्न मल किन पाएनन् ?, खाना पकाउने ग्यासकाे हाहाकार यत्राे समयसम्म किन भयाे ?, बिचाैलिया इनम सापकाेटाहरु कसले जन्मायाे ?, नयाँ सरकारले नयाँ बिचाैलिया जन्माएकाे छ, सरकारले किन यसकाे जवाफ दिदैन ?'
रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहबीच भएकाे लडाइँका कारण न्यायलयसमेत गुटबन्दीमा फसेकाे नेता पुनले दाबी गरे ।
उनले अघि थपे, 'न्यायलयलमा गुटबन्दीकाे राजनीतिकाे भइरहेकाे छ, प्रहरीमा कारबाहीकाे डण्डा चलाएर पार्टीकरण गरिएकाे छ किन?, समाचार लेखेकै आधारमा राज्यकाे चाैथाे अंग पत्रकार पक्राउ र मिडिया हाउसमाथि प्रहरीले घेराउ गरेर मिडियाकाे मुख थुन्न खाेजिएकाे छ किन?, देशमा समृद्धी र राेजगारी सृजना गर्ने उद्याेगी व्यवासाहीलाई धरपकड कुन हिसाव नमिलेर गरेकाे हाे ?, कर्मचारी प्राशासनलाई ३०–५१ भनेर किन तर्साउन खाेजिएकाे ?'
पूर्व अर्थमन्त्री पुनले राष्ट्रियताका विषयमासमेत सरकार भारतसँग लम्पसार परेकाे बताए । नेपालले भारतकाे सीमा मिचेकाे भनेर प्रधानमन्त्री बालेनले नै संसदबाट भन्नुले सरकार भारतसँग झुकेकाे मात्र नभई लम्पसार परेकाे उनले दाबी गरे ।
रास्वपाले विदेशमा जान लागेका युवालाई स्वदेशमा राेजगारी दिने मात्र नभइ विदेशमा गएकालाई फिर्ता गर्ने भनेर जनताकाे भाेट मागेकाे तर अहिले विदेश जाने दर झन बढेकाे संगठन नेता पुनले टिप्पणी गरे ।
विदेशमा रहेका नेपालीले मतदान गर्न सक्ने अवस्था सृजना गर्ने, नागरिकता दिने जस्ता काम अझै नभएकाेमा प्रश्न गरेका नेता पुनले अहिले महंगी झन् पछि झन् बढेकाे उल्लेख गरे ।
भाेटेकाेशीसहित प्रकृतिक प्रकाेपमा परेका नागरिकले अझै पनि पुनस्थापानाकाे प्याकेज नपाएकाे, सुशासनकाे कुरा गर्ने सरकारले आफ्नै सचिवालयतर्फ सुई साेझिएपछि छानविनकाे काम नै राेकेकाे बताउँदै यी सबै प्रश्नकाे जवाफ रास्वपा र सरकारले दिनुपर्ने उनले बताएका थिए ।
पार्टीकाे जागरण अभियानका क्रममा जनताका कुरा सुन्ने र सम्बन्ध सुधार गर्ने बताएका नेता पुनले जनताका आवाज संसदमा लगेर उठाउने अभियानकाे तयारी रहेकाे बताए ।







प्रतिकृया दिनुहोस