आईजीपीबाट बर्खास्त भएका कार्कीले सल्लाहाकारको पत्र बुझ्न मानेनन्
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकबाट हटाएका दानबहादुर कार्कीले नयाँ जिम्मेवारी लिन अस्वीकार गरेका छन् । आईजीपीबाट हटाएर उनलाई नयाँ जिम्मेवारीमा खटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । तर कार्की त्यसविरुद्ध सर्वाेच्च अदालत गएका थिए ।
३३ औँ प्रहरी महानिरीक्षक कार्कीलाई सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको थियो ।
नयाँ आईजीपीमा नियुक्त भएका डा.मनोज केसीले फुली लगाएर प्रहरीको कमान्ड सम्हालेका छन् । तर, विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाइएका कार्कीले नयाँ जिम्मेवारी पाएको पत्र बुझेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतका अनुसार कार्कीले अहिलेसम्म पत्र नबुझेका हुन् ।
मन्त्रिपरिषद्ले विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरेर उनको दरबन्दी सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने निर्णय गरेको थियो । आफूलाई आईजीपीको जिम्मेवारीबाट सरुवा गर्ने निर्णय गैरकानुनी रहेको भन्दै कार्की सर्वोच्च गएका हुन् । उनले दायर गरेको रिटमाथि कार्तिक ३० मा पहिलो सुनुवाइ हुँदैछ ।







प्रतिकृया दिनुहोस