• २०८३ कार्तिक २७ शुक्रबार
  • Friday, 13 November, 2026

राष्ट्रपतिले गरे सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका  छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

न्यायाधीशहरू रत्नबहादुर बागचन,चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर