एनपीएलः आज लुम्बिनीलाई हराउनै पर्ने दबाबमा खेल्दै विराटनगर
काठमाडौं । प्रिमियर लिग (एनपिएल)मा आज एउटा मात्रै खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे हुने खेलमा प्लेअफ पुगिसकेकाे लुम्बिनीकाे विराटनगर किंग्सले सामना गर्दैछ। याे दुबै टाेलीकाे लिग चरणको अन्तिम खेल हाे।
लुम्बिनीले प्लेअफमा स्थान बनाइसकेको छ।
लुम्बिनीले ६ खेलमध्ये चार खेलमा जित र एक खेलमा अंक बाड्दै तालिकामा ९ अंक जोडेर दोस्रो स्थानमा छ। त्यसकारण आज ऊ दबाबरहित हुँदै मैदान ओर्लने छ।
विराटनगरका लागि भने प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ। विराटनगर ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।
जितपछि पनि लिगका बाँकी खेलको नतिजाले पनि विराटनगर प्लेअफमा पुग्ने नपुग्ने तय गर्नेछ।
लिग चरणका पूरै सात खेल खेलिसकेको सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ। चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्।
काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ।
अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्।
तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ।







प्रतिकृया दिनुहोस