रास्वापाका मन्त्रीकाे विदेश माेहः १७ सदस्यीय क्याविनेटका ७ मन्त्री विदेश !
काठमाडाैं । सुशासन, नयाँ र परिस्कृत राजनीतिकाे नारा दिएर उदाएकाे रास्वपा र उसले चलाएकाे सरकारका पनि कतिपय चालामाल पुरानाकाे जस्तै भद्दा र सुशासन विराेधी देखिएका छन् । मन्त्रीहरुकाे विदेश भ्रमण माेह चर्काे देखिएपछि रास्वपाकै केही सांसदले सार्वजनिक रुपमा आलाेचना गरे ।
बालेन्द्र शाह नेतृत्वका १७ मध्य एकै पटक ७ मन्त्री विदेशमा कतिपय नगएपनि हुने कार्यक्रममा गएर घुमफिरमा रमाएकाे देखिएकाे छ । जसलाई रास्वपाका सांसदहरु गणेशकुमार कार्की ज्वाला संग्राैला र राजु पाण्डेले सार्वजनिक रुपमा बिराेध गरे ।
कार्कीले लेखेका छन्, 'कोपमा जानेहरू दर्जनौँ हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन् । हामी वातावरणका विद्यार्थीहरु कोपकाबारेमा यति धेरै पढ्छौँ कि एकपल्ट गएर हेरौँ भन्ने चै हुन्छ । देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइदैन । अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजादैमा देख्न र बुझ्न नपाइने होइन । सँधै झै यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरु कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु । जानेहरूले आफु सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् । गर्नै पर्छ ।'
पाण्डेले लेखेका छन्, 'जिम्मेवारी/कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ... अचम्म! लाज पनि लजायो कि ! #कुरीकुरी'
संग्राैलाले लेखेकी छन्, 'विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने र भ्रमणको औचित्य पुष्टि हुनुपर्ने विषयमा रास्वपाभित्रैबाट प्रश्न उठ्नुलाई सकारात्मक र सहि सुझावको रुपमा ग्रहण गरिदिनु भएकोमा पार्टी महामन्त्री Bipin Acharya ज्युलाई धन्यबाद छ। हाम्रो बिरोध होइन,भ्रमण अर्थहिन र घुमघाममा मात्रै सीमित नहोस र यस्ता भ्रमणमा देशको ढुकुटी दोहन नहोस् भन्ने मात्रै हो। देशको आर्थिक अवस्था खस्किरहेको बेला गरिब जनताले राज्यलाई तिरेको करबाट हामीले लाभ लिनु हुन्न भन्ने शन्देस आम जनतामा पुर्याउन आवस्यक छ। यो देशमा सबैले बिगारे , अब रबि बालेन आउनु पर्यो भनेर जनताले हामीलाई चुनेर पठाएका छन् । जनताको मतको कदर गरौं ! राम्रो गरौं , राम्रै हुन्छ। बिदेश भ्रमण टोलीलाई शुभकामना !'
रास्वपाका केही मन्त्री जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काेपमा सहभागी हुन टर्कीए पुगे । गृहमन्त्री सुधन गुरुङ: संयुक्त अरब इमिरेट्स (युएई) को दुबई मा आयोजित विश्व प्रहरी शिखर सम्मेलन (World Police Summit) मा सहभागी हुन गए ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना: कतारको दोहा मा आयोजित विश्व दूरसञ्चार संघ (ITU) को सम्मेलन मा सहभागी भइरहेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी कोप–३१ मा सहभागी भई हिजो आइतबार स्वदेश फर्किएका हुन्।
परराष्ट्रमन्त्री शिशिर खनाल कोप–३१ मा नेपालको प्रतिनिधित्व र सम्बोधन गरेर शनिबार स्वदेश फर्किए भने स्वास्थ्यमन्त्री निशा मेहता कोप–३१ सम्मेलनस्थल टर्की हुँदै श्रीलंकाको भ्रमण सकेर फर्किसकेकी छिन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल बेलायत भ्रमण सकेर हालै स्वदेश फर्किएका छन्।
रास्वपाका २० सांसद चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका छन् ।
कोही एसियाली महिला सांसद ककस २०२६ मा सहभागी हुन मलेसिया छन् भने कोही बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाँदैछन् ।





2026-11-15-02-49-01.jpeg)

प्रतिकृया दिनुहोस