एनपीएल फाइनलः लुम्बिनीविरुद्ध बलिङ राेज्याे सुदूरपश्चिमले
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।
सुदूरपश्चिमले आजको खेलमा १ खेलाडी परिवर्तन गरेको छ। फाबियन एलेनको स्थानमा सैफ जैव प्लेइङ ११ मा आएका छन्।
लुम्बिनीले भने पहिलो क्वालिफायरको टोलीलाई नै निरन्तरता दिएको छ।
लुम्बिनी लायन्सः
रोहित पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अविशेष गौतम, दिलिप नाथ, किशोर महतो, रुवेन ट्रम्पलम्यान, निरोशन डिकवेल्ला, डार्सी सर्ट, अली शेख,
सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिंह ऐरि, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दिपक बोहोरा, सैफ जैव, जर्ज मुन्से, स्कट कुग्लेजिन, थरिन्दु रत्नायके,





(1)2026-11-19-05-04-40.jpeg)
प्रतिकृया दिनुहोस