• २०८३ मङ्सिर ४ शुक्रबार
  • Friday, 20 November, 2026

इंग्ल्यान्डविरुद्ध ओडीआई र टी-२० खेल्ने जाँदै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा ६ अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। 

नेपालले आगामी जुन १ देखि १२ सम्म आयरल्यान्ड, स्कटल्यान्ड र बंगलादेशसँग टी-२० आई र एकदिवसीय खेल खेल्ने भएको हो।

नेपाल क्रिकेट संघले बिहीबार पत्रकार सम्मेलन गर्दै मेलबर्न क्रिकेट क्लब (एमसीसी) ले आगामी जुनमा बंगलादेशसँग टी-२० आई खेल गर्ने जानकारी दिएको छ। 

नेपालले जुन १ मा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ। त्यसपछि जुन ३ मा हुने दोस्रो खेलमा नेपालले लर्ड्समा बंगलादेशको सामना गर्नेछ।

भ्रमणका क्रममा नेपालले आयरल्यान्डसँग चार खेल खेल्नेछ। सन् २०२७ जुन ६, ९, ११ र १२ मा हुने ती खेलमध्ये जुन ६ को खेल ५० ओभरको र बाँकी तीन खेल टी-२० हुनेछन्।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उक्त भ्रमण आयोजना गरेकोमा मेरिलिबोर्न क्रिकेट क्लबका प्रतिनिधिहरूलाई धन्यवाद दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर