पीएसभीकाे पाेष्टमा रियलकाे ५ गाेल
काठमाडौं। जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा स्पेनिस क्लब रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगमा नेदरल्यान्ड्सको पीएसभी आइन्डहोभनलाई ५–१ गोलले पराजित गरेको छ। मंगलबार सान्टियागो बर्नाबेउमा भएको खेलमा पहिलो हाफमा पछि परेको मड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै सानदार पुनरागमन गरेको हो।
दोस्रो हाफको सुरुआतसँगै मैदान प्रवेश गरेका उनले ६०औं मिनेटमा उत्कृष्ट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए।
पीएसभीले खेलको ३२औं मिनेटमा इभान पेरिसिचले पेनाल्टीमार्फत गोल गरेपछि अग्रता लिएको थियो। तर, दोस्रो हाफको पाऔंचौऔं मिनेटमा भाल्भेर्देले गोल गर्दै मड्रिडलाई खेलमा फर्काए।
त्यसपछि बेलिङ्घमले ६०औं मिनेटमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। किलियन एम्बाप्पेले ६४औं र ८४औं मिनेटमा गोल थपे। भिनिसियसले ८७औं मिनेटमा गोल गर्दै टोलीको जित ५–१ बनाए।
भिनिसियसका लागि यो यस सिजन मड्रिडबाट दोस्रो गोल थियो। यो च्याम्पियन्स लिगको लिग चरणमा मड्रिडको लगातार पाचौं जित हो। सबै प्रतियोगिता जोड्दा टोलीले लगातार १० खेल जितेको छ। रियलकाे च्याम्पियन्स लिगकाे यात्रा हमेसा उत्कृष्ठ हुने गरेकाे छ।
अन्य खेलमा काेमाेले अएक अथेन्सलाई १–० गाेलले हरउँदा म्यानचेष्टर सिटीले नेपाेलीसँग बराबरी खेल्याे । आर्सनल र बाेराेसिया डर्टमण्ड पनि एक एक गाेलकाे बराबरीमा राेकिए ।



2026-11-22-05-15-48.jpeg)


प्रतिकृया दिनुहोस