• २०८३ मङ्सिर १२ शनिबार
  • Saturday, 28 November, 2026

दशाैं राष्ट्रिय खेलकुदमा आज ९ खेल

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आज विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ। सुर्खेतसहित बर्दिया र रुकुम पश्चिममा खेल सञ्चालन गरिनेछ।

यसदिन सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन्। महिला क्रिकेटका खेल बिहान ९ र दिउँसो १ः३० बजे सञ्चालन गरिनेछ। महिला बास्केटबल बिहान ९ बजेदेखि सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबलका दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ र दोस्रो दिउँसो २ः३० बजे सञ्चालन हुने तालिका छ। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ।

मुख्य कभर्ड हलमा बक्सिङ, मिनि कभर्ड हलमा जिम्न्यास्टिक तथा ब्याडमिन्टन कभर्ड हलमा फुल कन्ट्याक्ट कराँतेका खेल सञ्चालन गरिनेछ। यी खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका छ। कर्णाली प्रदेशबाहिर बर्दियामा टेनिसका खेल बिहान ९ बजेदेखि सञ्चालन गरिनेछ। रुकुम पश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु गरिने राखेपले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर