• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाल्पाको बाँसटारीमा कृषि पर्यटन महोत्सव (फोटोफिचर)

पाल्पा । पाल्पाको बाँसटारीमा पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । वंशगोपाल यूवा क्लबको आयोजनामा कृषि पर्यटनको प्रवर्धन, सांस्कृतिको संरक्षण र खेलकुद मैदान निर्माणका लागी मेलाको आयोजना गरिएको हो ।

‘नयाँ वर्ष नयाँ सोच, युवाहरुका लागि छ, प्रगतीको श्रोत’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधीसभाका सांसद सोमप्रसाद पाण्डेयले युवामा रहेको नयाँ सोच र सिर्जनशिलताले महोत्सव सफल हुने बताए । उनले पाल्पा पर्यटकीय गन्तव्यको राम्रो र रमणीय स्थल हुदा हुदै पनि प्रसारको अभावले ओझेलमा परेको बताए ।

संसाद पाण्डेले जिल्लाको सम्पूर्ण महत्वलाई झल्गाउने गरी युवा क्लवले मेलाको आयोजना गरेको हुदा यस महोत्सवले पर्यटन पर्वधनमा टेवा पुग्ने बताए ।

महोत्सवमा कृषि सामाग्रीको प्रदशनी, पाल्पालाई चिनाउने पाल्पाली ढाका, कुटिल उद्योग बाल उद्यान साथै हस्तकलाबाट निर्माण भएका साथै पर्यटकीय स्थलको फोटो प्रदर्शनी र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सामग्रीका सामाग्री पर्दशनीमा राखिएको छ । दुई सय बढी स्टलहरू रहेको महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत रहेको मूल आयोजक समितिका संयोजक प्रदिप खनालले जानकारी दिए ।

पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाहरूबाट दर्शक आउने तथा एक करोड ४० लाख बढीको कारोवार हुने मूल आयोजक समितिले जनाएको छ । महोत्सवबाट सङ्कलित रकमबाट बाँसटारीको बाघखोर फुटबल मैदानमा खर्चिने तानसेन–७ का वडा अध्यक्ष मुक्तिराम जिसीले बताए । 

हेराैं तस्बिर ः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर