• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

Exclusive: सुसाईड नोट, श्रीमतीले लेखि्न्, हजुरले सोचेजस्तै गरि जाँदैछु, छोराछोरीले लेखे, ममीलाई छोडेर अन्त किन हिड्नु भएको ?


 चितवन । ‘बाबा घर आउनुस् न, किन आउनु हुन्न् ?  किन यसरी हामीलाई दु:ख दिनुहुन्छ ?’ छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका थिए् ।  

‘यदि म देखी टाढा हुनुछ भने, म । छोराछोरीबाट टाढा भए खुसी हुन्छ भने ठिकै छ कहिल्यै हजुरलाई दुख नदिने गरि जाँदैछु । आजदेखि कहिल्यै पनि  दुख दिन आउँने छैन ।’ श्रीमतीले लामो सुसाईड नोट लेखेकि छन् ।

भरतपुरमा नेपाली सेनाका प्युठ नरबहादुर आले मगरका श्रीमती र छोराछोरीले एक्कै ठाउँमा झुण्डिएर आत्महत्या गरेका थिए । सोही घटनाको अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले प्रारम्भिक जानकारी दिए ।

उनले थपे, ‘उनकी आमाले श्रीमानलाई लेखेको म्यासेज सेन्ट गर्न नपाई ज्यान गएको देखिन्छ’ राठौरले भने– ‘ श्रीमानले सुख–दुःख नहेर्ने र शंका मात्रै गर्ने गरेको पीडा सहन नसकेर श्रीमती र उनका दुई सन्तानले समेत एकैसाथ आत्महत्या गरेको देखिन्छ ।’ 

शुक्रवार बिहान भरतपुर नगरपालिका–१८, शशिनगरस्थित ३५ वर्षीया आमा माया आलेमगर, उनका १५ वर्षीया छोरी विनिता आलेमगर र १३ वर्षीय छोरा विवेश आलेमगरले गएराती आफ्नै घरको एउटै कोठा, एउटै बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रहरीको  प्रारिम्भक अनुसन्धानअनुसार काठमाडौंको स्वयम्भुस्थित नेपाली सेना, असभाव खाना ब्यारेकका प्युठ दर्जाका नरबहादुर आलेमगरले  श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताका कारण एकैसाथ उनका श्रीमती र छोराछोरीले आत्मादहन गरेका हुन् ।

एसपी राठौर थप्छन ‘उनी २–३ दिनअघि काठमाडौंबाट बिदामा हिँडेका मान्छे, श्रीमती र छोराछोरी रहेको घर भरतपुर नआई आफ्नो पुख्र्यौली घर तनहुँको घुमाउने गएर बसेका रहेछन् ।’

आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै भनेकी थिइन्, ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु  सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं ।’

तपाईलाई राम्रो होस, तपाईको उन्नती–प्रगति होस..बस..यस्तै–यस्तै म्यासेज मोवाईलमा लेखेकी रहिछन् तर सेन्ट हुन नपाई उनको ज्यान गएको पाईयो’–एसपी राठौरले भने । उनका अनुसार टिनको छानामुनी घरको एउटै कोठा, एउटै खाटको विस्तरामाथि एउटै बलोमा सलको पासो लगाई तीनै जनाले एकै साथ आत्महत्या गरेका थिए ।

श्रीमतीप्रति अनेक शंका र लान्छना लगाउने गरेको र छोराछोरीको पठनपाठन र हेरचाहमा वेवास्ता गर्ने गरेको सुसाईट नोट र श्रीमतीको म्यासेजले देखाएको राठौरले बताए । त्यस वडाका कार्यवाहक वडाध्यक्ष जितु तामाङ्गले आफु यस दुःखद घटना बुझ्न उनीहरुको घरमा गएको र अहिले शव पोष्टमार्टमका लागि जान लागेको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर