• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कर्मचारी समायोजन : कर्मचारीविहीन भेरी अस्पताल

बाँके । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ । स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन् ।

भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ सङ्घमा परेका छन् । अरु १९ प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिए । 

बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताए । अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शैया थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीनझै हुनपुगेको उनले जानकारी दिए । 

उनका अनुसार अस्पतालमा रहेको ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए । सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा छ सम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ सम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

ल्यावमा रहेका सबै छ कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उनले बताए । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर