• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:01 am

आमा तथा शिशु सुरक्षा कार्यक्रम गरिने

सुर्खेत । विरेन्द्रनगर नगरपालिकाले आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले तयार गरेको ‘स्थानीय स्वास्थ्य सेवा विधेयक, २०७५’ मा गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने जनाइएको छ ।

विधेयकअनुसार कार्यपालिकाले योजना बनाई स्तनपान प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी नगरक्षेत्रभित्र कुपोषणको पहिचान, नियन्त्रण र व्यवस्थापन गर्ने विधेयकमा उल्लेख छ । नगर क्षेत्रका कुपोषित बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने विधेयकमा उल्लेख छ । विधेयकमा स्वास्थ्य संस्था सञ्चालन गर्न नगर कार्यपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकारले निर्धारण गरेको मापदण्डका साथै तोकिएको प्रक्रिया पूरा गरेको सुनिश्चित गरी नगरपालिका क्षेत्रभित्र निजी, गैरसरकारी, सामुदायिक तथा सहकारी संस्थालाई कार्यपालिकाले स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति दिनसक्ने व्यवस्था गरिएको छ । सो अनुसार प्राथमिक अस्पताल, नर्सिङहोम, निदान केन्द्र, क्लिनिक, औषधि पसल, आयुर्वेदिक औषधालय, पुनःस्थापना केन्द्र, पोलिक्लिनिक, मेडिकल ल्याव, डायग्नोष्टिक सेवा, सामुदायिक स्वास्थ्य हेरचाह केन्द्र, नसर्ने रोग न्यूनीकरणका लागि फिटनेस सेन्टर, योग केन्द्र सञ्चालनका लागि अब नगर कार्यपालिकाबाट अनुमति लिनुपर्नेछ ।

यस्तै कुनै कारणले स्वास्थ्य संस्था बन्द गर्नुपर्ने वा नगरपालिका क्षेत्रबाट अन्यत्र सार्नुपर्ने भएमा समेत नगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । विधेयक जारी हुनुअघि नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी वा गैरसरकारी स्वास्थ्य संस्थासमेत ऐन जारी भएको मितिले तीन महीनाभित्र कार्यपालिकाबाट अनुमति लिई दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

नगरपालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाले तोकिएको मापदण्डअनुसार सेवा गुणस्तर पूरा गरेको हुनुपर्ने र गुणस्तरीयता कायम गरे÷नगरेको सम्बन्धमा आवश्यक ठानेमा अनुगमन समिति बनाई नगरपालिकाले कुनै पनि बेला नियमन, निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । ‘स्थानीय स्वास्थ्य सेवा विधेयक २०७५’ बिहीबारदेखि शुरू भएको वीरेन्द्रनगर नगरपालिकाको चौथो नगरसभामा टेबुल गरिएको छ । टेबुल भएको विधेयक आवश्यक छलफलपछि पारित हुनेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भिटामिन ए र जुकाको औषधि खुवाउँदै

  • ६ बैशाख, २०७६

काठमाडौं । सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको

काठमाडौंमा पहिलो पटक मानव अङ्ग प्रत्यारोपण सम्मेलन हुने

  • ५ बैशाख, २०७६

काठमाडौं । मानव अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान, सीप  एकापसमा आदानप्रदान गर्ने ध्येयले यही

बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दो

  • ४ बैशाख, २०७६

नेपालगञ्ज । बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार