कविता : सरकार र हिंशा
सरकार निरिह भएपछि, देशमा लुट भैरहन्छ ।
खै के गर्दै छ सरकार, बलत्कारी लाई संरक्षण दिईरहन्छ ।।
कैयौ नाबालिकाको अश्मिता लुटिन्छ यहाँ ।
उ भने कानमा तेल हालि रमिता हेरेर बस्छ त्यहाँ ।
आफ्नै आमाको प्रसव बिर्सिएर छोराहरु उस्तै आमाहरु प्रति नाता बिर्सिन थाले ।
गुन्यो चोली लाउने आमालाई पनि छाडेनन रे उनिहरुले उनको सरिरसँग पनि खेले ।।
नाङ्गो अनि छोटा कपडा लगाएर बलत्कारको सिकार हुन्छन भनिरहँदा ।
के गल्ति थियो र ति निर्मला पन्तको, भविष्य बनाउन कापि कलम बोकेर हिँडिरहँदा ।।
आवाज पनि मलिन भयो अब दोषिको बिरुद्दमा कारबाहिको माग गरिरहँदा ।
हत्यारा, बलत्कारी जस्ताले संरक्षण पाएर खुलेआम हिँडिरहँदा ।।
दोषिलाई कार्बाहिको माग गर्दा प्रहरिको गोलि लागेर मर्यो रे बालक ।
देशमा बलत्कार र लुट मच्चिरहँदा, कानमा तेल हाली बस्छन देश चलाउने चालक ।।
न्यायलयको गेटमा मगन्ते बनेर स्वयम्ं बसेको छ न्याए ।
देशको ढोका बन्द गरेर मचान बाट उर्दि पनि लाए ।।
देशको शुसाशन सिंहदरबारको मूलढोकामा लम्पसार भएको छ ।
स्थानिय तहदेखि केन्द्रसम्म लुटेराको जमात चलिरहेछ ।।
पखला चल्दा विदेश जान्छौ कति बन्छौ नेता तिमि लाचार ।
सिटामोल नपाएर जनता मरिरहँदा देख्या छैनौ र सरकार ।।
आँफै भ्रष्ट भएपछि किन बोल्थे उनिहरु गरिव र निमुखा जनता लुटिरहँदा ।
लाज लाग्दैन तिमिहरुलाई, संसद् भवनमा मसिनो स्वरले सदाचारको गित गाईरहँदा ।।
आफ्नो ऋणि ओठको मुस्कान मुस्कान खोज्दै ।
शरिरको अन्तिम थकाई मेट्ने चिहान खोज्दै । ।
युवाहरु डिग्रीको सर्टिफिकेट च्याति विदेशिरहँदा ।
कम्ता हाँसो त उठ्दैन देश चलाउने देखि फिलिम खेल्नेले एसईईको परिक्षा दिईरहँदा ।।
यो त अति भो सरकार करले पनि सिमा नाघिसक्यो ।
थाहा छैन सुनचोरी र जहाज किन्दा लुट्ने कहाँ भागिसक्यो।।
विकाशको नाउँमा सम्पति कमाई सातपुस्तालाई पाल ।
अब त विदेश बाट बाकसमा आउने लासको पनि कर लगाउन थाल ।।
प्रतिकृया दिनुहोस