• मंगलबार ३-३-२०७६/Tuesday 06-18-2019/ 02:34 am

जन्ती गएका युवक ४ दिनपछि मृत फेला, घाँटी काटेर हत्या गरिएको आशंका

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ बिचवाका एक युवक वेपत्ता भएको चार दिनपछि मृत फेला परेका छन् । छिमेकी गाउँ कलुवापुरमा विवाहमा गएका १९ वर्षीय सुविल बडायक सोमबार मृत फेला परेका हुन् । 

उनको शव गाउँ नजिकैको उग्रतारा सामुदायिक वनमा पर्ने लम्बा चाँदर भन्ने स्थानको न्युरा खोलामा हत्या गरिएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय रैकवार बिचवाका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले बडायकको शव न्युरा खोलामा जमिनमुनी आधा गाडिएको अवस्थामा फेला परेको जानकारी दिएका छन् । 

उनका अनुसार बडायकको घाँटी काटेर हत्या गरिएको छ । यसअघि सोमबार बिहान स्थानीय बासिन्दाले युवकको खोजीका लागि उदासिनता देखाएको भन्दै ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै सडकमा टायर बालेर विरोध गरेका थिए ।  बडायकको टि–सर्ट रगतले लतपतिएको अवस्थामा भेटिँदा समेत प्रहरीले बेवास्ता गरेको भन्दै प्रर्दशन गरिएको स्थानीयले बताएका छन् ।  

गत चैत २८ गते कृष्णपुर नगरपालिका–७ कलुवापुरमा विवाहका लागि गएका १९ वर्षिय बडायकले लगाएको टि–शर्ट रगतले लतपतिको अवस्थामा सोमबार बिहान गाउँ नजिकै फेला परेको थियो । 

प्रहरीले हत्याको आशंकामा कलुवावुरका १८ वर्षिय अयोध्या राना, सोही उमेरका प्रमोद राना र १६ वर्षिया किशोरी शिवानी रानालाई पक्राउ गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'लोकसेवा आयोगको विज्ञापन रद्ध नगरे आन्दोलन चर्काउछाैं'

  • २ असार, २०७६

काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशि सिद्धान्त विपरित भएको भन्दै आदिवासी, जनजाति, मधेशीलायतको संयुक्त आन्दोलन समितिले रद्ध

गुठी विधेयकको गलत ब्याख्या भयो –प्रम ओली

  • २ असार, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकका विषयमा गलत प्रचार गरिएको टिप्पणी गरेका छन् । आफु नेपाल आएदेखिनै यसबारे प्रष्ट पार्ने प्रयास

नेकपाकै सांसदले गृहमन्त्रालयलाई ‘अजिगंर’ भनेपछि...

  • २ असार, २०७६

काठमाडौं । सत्तारुढ दल नेकपाकै सांसदले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको