• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दो

नेपालगञ्ज । बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ ।

कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताए ।

केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित बालबालिकाले बीचमै औषधि छाड्ने गरेकाले उनीहरु जोखिममा परेका हुन् । उनीहरुलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयं सेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए ।

सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ जना डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर