• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वका उत्कृष्ट पाँच देश जसले पृथ्वीलाई बचाइरहेका छन्, जान्नुहोस् कसरी

तस्विरः बिबीसी (नर्वे)

बिबीसी । हालैको एक अनुसन्धानले, समून्द्रहरु अघिल्ला अनुमानहरुभन्दा ४० प्रतिशत छिटो तातिरहेको संकेत गरेको छ । त्यस्तै, संयुक्त राष्ट्रसंघ प्यानलको जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरुले सन् २०१८ अक्टोबरमा एक रिपोर्ट प्रकाशित गरे, जसमा अब पनि कुनै कठोर कदम नचाले सन् २०४० सम्ममा बढ्दो तापक्रमका कारण बाढी, पहिरो, खडेरी, खद्यान्न अभाव र आगलागी बढ्न सक्ने चेतावनी दिएको थियो । 

यद्यपि, ‘गुड कन्ट्री इन्डेक्स’को सुचीअनुसार, विश्व समुदायसँग अहिले पनि यी जलवायु परिवर्तन सम्बन्धी चेतावनीलाई सम्बोधन गर्न एक लामो यात्रा तय गर्नुछ, तर केही यस्ता देश छन्, जसले पृथ्वीका लागि सकारात्मक विश्वव्यापी योगदान दाताको रुपमा माथि उठिरहेका छन् । 

यस सुचीको उत्कृष्ट १० देशमा युरोपेली देश हावी छन्, जसले पृथ्वी र जलवायुका बारेमा निक्कै सचेत छन् । यद्यपि, विश्वका धेरै देश पर्यावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्ने प्रयास गरिरहेको सुचांकले देखाउँछ । पर्यावरण तथा जलवायु परिवर्तनमा सचेतनामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच देश, जसले पृथ्वीलाई बचाउने अभियनमा छन्, निम्न प्रकार छन्ः

नर्वे : ‘प्लानेट एण्ड क्लाइमेट इन्डेक्स’को ७औँ स्थानमा रहेको नर्वे पृथ्वी र जलवायुमा योगदान पुर्याउने सुचीमा भने पहिला स्थानमा पर्छ, जसले विश्वमा थुप्रै पर्यावरणीय पहलको नेतृत्व गरेको छ । नर्वेलाई विश्वमा सबैभन्दा धेरै विद्युतीय कार अपनाउने र सन् २०३० सम्म जलवायु तटस्थ राख्ने एक सरकारी प्रतिबद्धता राखेको छ । 

पार्चुगल : केही समयअघि सम्म विद्युतीय कारका लागि निशुल्क चार्जिङ स्टेशनको सञ्जाल बनाउने देशको रुपमा चिनिने पोर्चुगलले आफ्ना नागरिकलाई कम दरमा सौर्य ऊर्जा र नविकरणीय ऊर्जा स्थापना गर्नका लागि प्रोत्साहन गरेको छ । 

उरुग्वे : आफ्नो सामाजिक र पर्यावरणीय नीतिहरुका लागि सबैभन्दा नैतिक गन्तव्य मानिने देश उरुग्वे अक्षय ऊर्जाका लागि एक विश्वव्यापी अगुवा देश बनेको छ । यो पृथ्वीको सम्मानको रुपमा आवश्यकभन्दा बढी मानिन्छ । 

केन्या : केन्याले बढ्दो मौसमको प्याटर्न र धेरैजसो सुख्खापन हुने जस्तो जलवायु परिवर्तनको प्रारम्भिक प्रभावका बारेमा राम्रो अनुभव गरिसकेको छ । यसको प्रतिक्रियामा, केन्या सरकारले आफ्नो भारी कृषि अर्थव्यवस्थाको रक्षाका लागि काम गरिरहेको छ । केन्याले जलवायु परिवर्तन कार्य योजना सुरु गरिसकेको छ र सन् २०३० सम्ममा ग्रीन हाउस ग्यास उत्सर्जनलाई ३० प्रतिशतसम्म कम गर्नका लागि प्रतिबद्धता जनाएको छ । केन्याले हालै मात्रै देशमा प्लास्टिक झोला प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको छ, जसलाई विश्वको सबैभन्दा कठोर प्रतिबन्धको रुपमा लिइन्छ । केन्यामा यति एउटा मात्रै पनि प्लास्टिकको झोला बोके जेल सजाय र भारी जरिवाना तिर्नुपर्ने हुन्छ । 

न्यूजिल्याण्ड : न्यूजिल्याण्डले आफ्नो प्राकृतिक श्रोत तथा संसाधनलाई निक्कै गम्भिरताका साथ लिन्छ, किनकि कृषि र पर्यटनमा आधारित अर्थव्यस्थामा यो देश निर्भर छ । न्यूजिल्याण्डमा पनि प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

माथि उल्लेखित देशहरु ‘गुड कन्ट्रीज इन्डेक्स’को पृथ्वी र जलवायु परिवर्तन मूल्यांकनको सुचीमा भिन्नाभिन्नै स्थानमा पर्छन् । यद्यपि यी देशले जलवायु परिवर्तनप्रति देखाएको प्रयास र प्रतिबद्धताका आधारमा सुचांक गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर