• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कमल थापाले जलाए धर्म निरपेक्षताको ब्यानर

काठमाडौ । धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा काठमाडौंमा प्रहरीले हस्तक्षेप गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका दर्जन बढी नेता कार्यकर्ता पक्राउ गरेको छ । काठमाडौको रत्नपार्कमा प्रहरीले प्रदर्शनमा सहभागी राप्रपाका १४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा धर्मनिरपेक्षको ब्यानरलाइ अध्यक्ष कमल थापाले जलाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेको राप्रपाले जनाएको छ ।

त्यसअघि रत्नपार्कमा आयोजित विरोध सभामा राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा बिदेशी धर्म लाद्ने काम भएको बताए ।  सरकारको गलत व्यवहारका कारण नयाँ माओवादीको जन्म हुन खोजेको उनको भनाई छ । 

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर